शनिश्चरे  :  १३४ औं अन्तर्राष्ट्रिय श्रमीक दिवसको अवसर पारेर नेपाली कांग्रेस झापा अर्जुनधारा नगरपालिका वडा नं–४ को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस झापाकासचिव एवं प्रमुख अतिथि कृष्ण हुमागाईंको प्रमुख आतिथ्य र

वडा अध्यक्ष खेम काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  नेपाल रेडक्रस सोसाइटी अर्जुनधाराका सभापति कृष्णप्रसाद भट्टराई, नेपाल प्रेस युनियन झापाका सदस्य रणदेव हजाम, नेपाल महिला संघ वडा सभापति रेनुका बुढाथोकी, नेपाली कांग्रेस प्रदेश प्रतिनिधि मदन थापा लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

वेदप्रसाद घिमिरेले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन लक्ष्मी भट्टराइले गर्नुभएको थियो । कार्यक्रममा ३० बढीले रक्तदान गरेको जनाइएको छ ।