बिर्तामोड । पत्रकार इन्द्रसिंह राजवंशीलाई मातृशोक परेको छ । बिर्तामोडबाट प्रकाशित प्रतिदिन दैनिकका सम्पादक रहेका राजवंशीकी आमा कलावतीको ८७ बर्षको उमेरमा आज मङ्गलबार निधन भएको हो ।
केहि समयदेखि श्वासप्रश्वास सम्बन्धि समस्याले उनी पिडित रहेको परिवारले जनाएको छ । दिवङ्गत राजवंशीको भोलि बुधबार बिहान १० बजे कनकाई माइमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।