नक्कली रुपैयाँ सहित दुईजना कारोबारीलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगन्ज १६ स्थित चालिसफिटे सडकखण्डमा पर्सा प्रहरीले करिब पाँच लाख नक्कली नेपाली रुपैयाँ र दुई लाख सक्कली नेपाली रुपैयाँ सहित दुई जना कारोवारीलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सर्लाहीको गौडाताका आनन्द वर्दन सिंह र बारा परवानीपुरका ओमप्रकाश साह रहेका छन ।