इलाम :  इलामको सूर्योदय नगरपालिका–१० स्थित फिक्कल बजार नजिकै घर बनाउने क्रममा पुरिएर चार जनाको मृत्यु भएको छ ।

आज बेलुका घरको जग खन्दै गर्दा ढिस्को झरेर पुरिएका ४ जनाकै मृत्यु भएको हो । मृत्यु हुने सबै भारतीय नागरिक रहेको इलाका प्रहरी पशुपतिका प्रहरी निरीक्षक सन्तोष राईले बताउनुभयो ।

मृत्यु हुनेमा बिहार राज्य किसनगञ्ज जिल्ला डिगलबैंकका १८ वर्षीय अलिम महिम अली, तोसिब आलम, मोहम्मद अब्दुल आलम र १९ वर्षीय मैजफर आलम रहेका छन् ।

स्थानीय विनोद श्रेष्ठको घरको जग खन्ने क्रममा पहिरो खस्दा उनीहरू पुरिएका थिए । जग खन्ने क्रममा अन्य तीन जनाले भागेर ज्यान जोगाएका थिए । मृतकहरूलाई फिक्कल अस्पतालमा राखिएको छ ।