मेची–महाकाली बुहारी संयुक्त आवाज जिल्ला समिति झापाको कार्यालय स्थापना गरिएको छ ।  बिर्तामोड स्थित गरामनीमा आज शनिबार एक कार्यक्रमका बिच समितिको कार्यालयको उद्धघाटन गरिएको हो । 

मेचीमहाकाली बुहारी संयुक्त आवाज केन्द्रिय अध्यक्ष तथा कार्यक्रमकी प्रमुख अतिथि यमु सुब्बा शर्माले  समितिको कार्यालय उद्घाटन गरेकी हुन् । 

साथै सोहि कार्यक्रममा केन्द्रिय अध्यक्ष यमु सुब्बा शर्मा तथा  केन्द्रिय उपाध्यक्ष चन्द्रा काफ्लेलाई सम्मान गरिएको छ  ।  उनीहरुलाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको हो । उनीहरूलाई झापा शाखा, उपशाखा दमक र भद्रपुरको तर्फबाट सम्मान पत्र तथा मायाको चिनो सहित सम्मान गरिएको संस्थाकी झापा संयोजक सीखा खड्का गणेशले बताइन्  ।

देश विदेशमा रहेका पीडित बुहारीहरूलाई सङ्गठित गर्दै सामाजिक र कानुनी प्रक्रियाबाट उनीहरूका समस्या समाधानका साथै  

न्याय दिलाउने उदेश्यका साथ २०७७ साउन २१ गते संस्थाको जन्म भएको केन्द्रिय अध्यक्ष  केन्द्रिय अध्यक्ष यमु शर्मा सुब्बाले जानकारी दिइन । 

उनका अनुसार मेची–महाकाली बुहारी संयुक्त आवाजमा हाल सम्म देश भरिबाट १८ हजार बुहारीहरू सङ्गठित भइसकेका छन् । 

मेची–महाकाली बुहारी संयुक्त आवाजको देशभरी ५२ जिल्लामा शाखा विस्तार भइसकेको उपाध्यक्ष काफ्ले बताइन ।

संस्थाकी झापा संयोजक गणेशको अध्यक्षतामा आयोजित कार्यक्रममा झापा कोषाध्यक्ष परु सुवेदीले स्वागत गरेकी थिइन ।

कार्यक्रममा दमक उपशाखा सचिव रिना चेम्जोङ राई, संस्थाका केन्द्रिय सल्लाहकार सूर्यहरी मरहठ्ठा गायतले शुभकामना मन्तव्य राखेका थिए ।

यसै अवसरमा ७० जना भन्दा बढी आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण गरेको थियो भने कार्यक्रमको सञ्चालन झापा शाखा उपाध्यक्ष गङ्गा भट्टराईले गरेकी थिइन ।