उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारमा संलग्नहरुलाई जहाँ गए पनि नछोड्ने बताएका छन् । बुधवार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्न आफू पछि नहट्ने बताएका हुन् । उ
नले निर्दोष डराउनु नपर्ने भन्दै दोषीलाई जहाँ गए पनि नछाड्ने चेतावनी समेत दिए । गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारमाथि कारबाहीको मुद्दालाई अहिलेको सरकारले मुल मुद्दा बनाएको बताए । कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ठूला नेताहरुको सम्पती छानबिन हुनुपर्ने बताए ।
मन्त्री गुरुङले भ्रष्टाचारीको कुनै जात, धर्म, वर्ण, लिंग, राजनीतिक पार्टी हुँदैन भन्ने मान्यताकासाथ भ्रष्टाचारीमाथि कारबाही नभएसम्म भ्रष्टाचार चलिरहने बताए ।।