धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङविरुद्ध सुनसरीका पत्रकारहरु आन्दोलनमा उत्रिएका छन् । प्रमुख राईको अभिव्यक्ति र व्यवहारले आफूहरु असुरक्षित भएको भन्दै नेपाल पत्रकार महासंघ सुनसरीको आह्वानमा पत्रकारहरु आन्दोलनमा उत्रिएका हुन् ।

राईले सामाजिक सञ्जाल फेसबुकमा समेत पत्रकारहरुको बिरोध गर्न आफ्ना समर्थकहरुलाई उक्साएको आरोप लगाउँदै सञ्चारकर्मीहरुले सुरक्षाको माग गर्दै सुनसरी जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र पनि बुझाएका छन् ।