झापा M झापाका निमार्ण व्यवसायीलाई निमार्ण कन्ट्रक्सन व्यवस्थापन तालिम दिइएको छ ।
यहि बैशाख ३० र ३१ गते २ दिन बिर्तामोडमा निमार्ण व्यवसायी तथा इन्जिनियरहरुलाई तालिम दिइएको हो ।
नेपाल निमार्ण व्यसायी महासंघको आयोजना तथा निमार्ण व्यवसायी संघ झापाको सह आयोजना भएको तालिममा ६० जना सहभागि रहेका थिए ।
शनिबार भएको तालिम उद्धघाटन कार्यक्रममा सहभागिलाई सडक डिभिजन कार्यालय दमकका इन्जिनियर उज्जवल खतिवडाले सहजिककरण गरेका थिए ।
त्यस्तै आज आइतबार भएको तालिम समापन कार्यक्रममा सहभागिलाई एशियाली विकास बैंक र विश्व बैंक परामर्शदाता तथा इन्जिनियर केशव थापाले प्रशिक्षण दिएका थिए ।
सार्वजनिक खरिद ऐन तथा नियमावली सम्बन्धी जानकारी दिने उदेश्यले तालिमको आयोजना गरिएको निमार्ण व्यवसायी संघ झापाका अध्यक्ष मिलन बस्नेतले जानकारी दिए ।
निमार्ण कार्य विवाद समाधान , म्याद थप , मुल्य समायोजन लगायतका बिषयमा उत्पन्न भइरहेका समस्या तथा तीनको हल गर्ने
बिषयमा व्यवसायीलाई प्रशिक्षण प्रदान गरिएको कार्यक्रमका प्रमुख अतिथि नेपाल निमार्ण व्यसायी महासंघका महासचिव रोशन दाहालले बताए ।
समापनमा कार्यक्रममा नेपाल निमार्ण व्यवसायी महासंघका महासचिव रोशन दाहाल, संघको झापा अध्यक्ष मिलन बस्नेत लगायतले सहभागिलाई प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा महासंघको कोशी प्रदेश अध्यक्ष जनशेवक भण्डारी, महासंघका केन्द्रिय उपाध्यक्ष मोहन अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
सार्वजनिक खरिद नियमावलीको १२ औं संसोधन पश्चात बिद्धमान संसोदित नियमावलीहरुको बारेमा निमार्ण व्यवसायीलाई जागरुक गराउने
तथा निमार्ण क्षेत्रमा देखिएको जटिलताको बारेमा सजग सहित तिनको हल गर्ने बिषयमा गरिएको
तालिम फलदायी भएको तालिम संयोजक तथा निमार्ण व्यवसायी संघ झापाको कार्य समिति सदस्य प्रकाशकुमार सिंहले बताए ।
साथै सम्पन्न योजनाको भुक्तानीकोलागि नापजांच गर्दा अपनाउनु पर्ने मापदण्ड नअपनाई विवाद
सृजना गरी व्यवसायीको भुक्तानी ढिलाई गरिने आचरण बिरुद्ध आवाज उठाईदिन महासंघलाई
आग्रह समेत गरिएको निमार्ण व्यवसायी संघ झापाको महासचिव पुष्पराज निरौलाले जानकारी दिए ।