झापामा ठगी गरेको आरोपमा एक ब्यक्ति पक्राउ परेका छन् । पैसा लिएर जग्गा पास नगरी ठगी गरेको आरोपमा काठमाण्डौका निर्माण व्यवासायी हुमानाथ कोइराला प्रकाउ परेका हुन् ।
उनले जग्गा बेच्ने शर्तमा करोडौं पैसा लिएर पनि जग्गा पास नगरिदिएको भन्दै प्रहरीकोमा उजुरी परेपछि कोइराला पक्राउ परेका हुन् ।
दमक २ का गुणरज थापा, राजकुमार थापा सहित ७ युवालाइ ठगी गरेको आरोपमा वि. कोइ विल्डर्स प्रा.लि.का अध्यक्ष कोेइरालालाई प्रकाउ गरिएको इलाका प्रहरी कार्यलय दमकका डिएसपी मनोज कुमार लामाले बताए । उनले कोइरालालाई म्याद थप गरी अनुसन्धान गरिरहेको जानकारी दिए ।
कोइरालाले दमकका थापा सहितलाइ युवालाई कमल गाँउपालिकाको रवि पम्प छेउको जमिन ६ करोड ७५ लाख रुपैयामा विक्री गरेको र विभिन्न मितीमा रुपैया लिएका थिए । रुपैया लिएका कोइरालाले जमिन रजिष्टेशन पास गर्न बारिसनामा पठाएपनि पछि आएर कोइरालाले बारिसनामा बदर गराएका थिए ।
त्यसपश्चात मात्रै थापा सहितका व्याक्तिहरुले आफुहरु ठगिएको थाहा पाएका थिए । बारिसनामा बदर गराएका कोइराला फरार रहेकोले ठगी केशमा उजुरी गरिएको थियो । त्यस पश्चात प्रहरीले काठमाण्डौंबाट कोइरालालाई पक्राउ गरि झापा ल्याएको हो ।
ठगी केस दर्ता भएसगै कोइरालालाइ विहीवार काठमाण्डौबाट प्रकाउ गरिएको प्रहरीले बताएको छ ।
प्रकाउ गरिएका कोइरालालाइ दमक ल्याइ आज शुक्रवार जिल्ला अदालतमा ७ दिनको म्याद थप गरिएको हो । इलाका प्रहरी कार्यलय दमकले ठगी केस दर्ता भएपछि काठमाण्डौ प्रहरीको सहयोगमा प्रकाउ गरेको र उनलाइ दमक इप्रकामा राखि अनुसन्धान शुरु गरिएको जनाइएको छ ।
कोइरालाले झापा कमल गांउपालिकामा रहेको ५६ कठठा जमिन निर्माण व्यावसायी मदन अधिकारी मार्फत राजकुमार थापाको टिमलाइ विक्री गरेका थिए ।
हाल उक्त जमिनलाइ थापा सहितको टिमले प्लटिडं गरी सडक संरचना तथा ढल समेत निर्माण गरिसकेको र हाल खरिद गरिएको जमिनको सवै रुपैया दिइसकेपछि कोइराला फरार भएकोले आफुहरु ठगिएपछि बाध्य भएर प्रकाउ गर्न प्रहरीको सहयोग लिएको पीडित गुणराज थापाले बताएका छन ।
घटना यस्तो छ ।
झापा दमक ५ का मदन अधिकारीले कोइरालालाई उनको नाममा रहेको जग्गा बैना बापत ३ करोड ७५ लाख बुझाएका थिए । अधिकारीले बैना गरेको सो जग्गा पुःन ६ करोड ७५ लाख दाम फाइनल गरेर दमक २ का गुणराज थापा तथा राजकुमार थापा सहितका ब्यक्तिलाई बेच्ने शर्तमा कागज गरेका थिए । अधिकारीले बैना बापत कोइरालालाई बुझाएको रकम थापाले कोइरालाको खातामा हालिदिएका हुन् ।
काइरालाबाट अधिकारीले जग्गा लिएर थापालाई दिने शर्तमा २०७७ फागुन १९ गते काठमाण्डौं जिल्ला अदालतबाट कोइरालालाई बुझाएको रकम ३ करोड अधिकारीले थापाबाट लिइसकेको र जग्गा कुमारी बैंकमा धित्तो रहेको भन्दै सो जग्गा फुकुवा गरिदिने गरी थापाको नाममा अधिकृत वारीसानामा पास समेत गराएका थिए । बैना बापतको रकम ३ करोड ७५ लाख रुपैंया थापाले बिभिन्न मितिमा कोइरालाको खातामा स्वंम हालिदिएका हुन् । र बांकी रहेको रकम ३ करोड थापाले अधिकारीलाई दिइएको जनाइएको छ ।