पूर्वराजा ज्ञानेन्द्र शाहले कैलालीको गोदावरी नगरपालिका अत्तरिया चोकमा रहेको राजा महेन्द्रको शालिकमा माल्यार्पण गरेका छन् । धनगढीबाट सुर्खेत जाने क्रममा राजा ज्ञानेन्द्रले आज अत्तरिया चोकमा रहेको शालिकमा माल्यार्पण गरेका हुन ।
उनले शालिकमा माल्यार्पण गरेपछि चोकमा लाइनबद्ध आफ्ना समर्थकसँग भेट समेत गरेका थिए । सो क्रममा राजाको समर्थमा स्थानीयले चर्को नाराबाजीसमेत गरेका थिए ।
अत्तरिया चोकमा २०६२÷०६३ को आन्दोलनका क्रममा भत्काइएको राजा महेन्द्रको शालिक पुनः निर्माण गरि एक बर्षअघि अनावरण गरिएको थियो । पूर्वराजा शाहलाई सोमबार धनगढीमा नागरिक अभिनन्दन गरिएको थियो ।
पूर्वराजा शाहलाई जेठ १३ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । वीरेन्द्रनगरको घण्टाघर अगाडिको खुल्ला मन्चमा नागरिक अभिनन्दन कार्यक्रम राखिएको आयोजकले जानकारी दिएका छन ।