बुधबारे– झापाको बुधबारेमा शान्ति आदर्श माध्यमिक विद्यालय शान्तिनगरको बसको ठक्करबाट आज अपरान्ह एकजना बालिकाको मृत्यु भएको छ । पाँचथरको हिलिहाङ(६ घर भई बुधबारेमा बस्दै आएकी आठ वर्षीया बालिका सोमिया तामाङको मृत्यु भएको प्रहरीले पुष्टि गरेको हो ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेकोे ना ४ ख १३१३ नम्बरको बसको ठक्करबाट तामाङको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
बसको ठक्करबाट घाइते भएकी बालिकाको उपचारका क्रममा मृत्यु भएको हो । घटनापछि प्रहरीले बस चालक इलाम रोङ गाउँपालिका घर भएका ५२ वर्षीय प्रेम कुमार राईलाई नियन्त्रणमा लिएको छ ।