विश्व वातावरण दिवसको अवसरमा बिर्तामोड स्थित भगवान चोकमा रहेको पाँचतारे होटल द किङ्सबरीले बिर्तामोड बजार क्षेत्र सरसफाई गरेको छ ।
विश्व वातावरण दिवस २०२३ को अवसरमा होटलका कर्मचारीले होटल परिसर हुंदै , मुक्तिचोक सहितका बजार क्षेत्र सम्म सरसफाई गरेका हुन् ।
वातावरण स्वच्छ राख्नुपर्छ भन्ने मुल सन्देश प्रवाह गर्दै सामाजिक उत्तरदायित्व अन्तरर्गत यो कार्यक्रम गरिएको होटलका सञ्चालक प्रकाश गौतमले बताए ।
जनसमुदायमा होटल द किङ्सबरीको सहभागिता वातावरण संरक्षणमा हाम्रो प्रतिबद्धता भन्ने मुल नारा सहित ५० बढी कर्मचारीको सहभागितामा बजार क्षेत्र सरसफाई गरिएको होटलका अप्रेशन मेनेजर विश्वदेव ढङ्गेलले जानकारी दिए ।
सो अवसरमा प्लाष्टिकजन्य प्रदुषण निर्मुल पारौं, वातावरण मैत्री विकल्पको उपयोग गरौं भन्ने मुल नारा सहितका प्ले कार्ड, झाडु बोकेर कर्मचारीले बजार क्षेत्र सफाई गरेका हुन् ।
पछिल्लो समयमा बिर्तामोडमा बसोवास गर्ने मानिसकै कारण दिनप्रतिदिन वातावरण प्रदुषित बन्दै गइरहेको अवस्थामा सरसफाई कार्यक्रमले स्थानिय बासिन्दामा वातावरणिय सचेतना प्रदान गर्न सहयोग पुग्ने अपेक्षा सहित कार्यक्रमको आयोजना गरिएको होटलका सञ्चालक गौतमको भनाई छ ।