स्तन क्यानसरबाट पीडित एक महिलाको उपचारमा आर्थिक अभाव भएको छ । सुनसरी जिल्लाको रामधुनि ९ की सितिया मुसहरको उपचारमा आर्थिक समस्या भएको हो । बिगत लामो सयमदेखि स्तन क्यानसर रोगबाट ग्रसीत उनको बिर्तामोड स्थित पूर्वाञ्चल क्यानसर अस्पतालमा उपचार भइरहेको सामाजिक अभियान्ता रिजय रजकले जानकारी दिए । 

इनरुवा निवासी अभियान्ता रजकको पहलमा उनको पूर्वाञ्चल क्यानसर अस्पतालमा उपचार भइरहेको हो । 

दैनिक ज्यालादारी गरेर गुजारा चलाउंदै आएका मुसहरको ३ जना नाबालक छोरा छोरी रहेका छन् । उनका श्रीमान हेमनारायण मुहसर  मजदुरी गरेर परिवार पाल्दै आएका छन् । 


सम्पत्तीको नाममा केहि पनि नभएको मुसहरको उपचारमा सकेको सहयोग गरिदिन अभियान्ता रजकले सबैसंग अनुरोध गरेका छन् ।