इलाका प्रहरी कार्यालय घैलाडुब्बाको नयाँ कार्यालय भवनको उद्धघाटन गरिएको छ । आज सोमबार एक कार्यक्रमकाबिच कोशी प्रदेश कार्यालय बिराटनगरका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले नयां भवन, ब्यारेक, भान्साघर तथा शौचालयको  समुदघाटन गरेका हुन् । 

भवन समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै   जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफु बिश्वस्त रहेको बताउँदै कानूनको परिधिमा रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिए । 

प्रदेश सरकारको  २ करोड ३३ लाख ११ हजार ३ सय ८२ रुपैयाको लागतमा साढे २ तले कार्यालय भवन, भान्साघर र शौचालयको निर्माण गरिएको हो ।