बलात्कार तथा महिला हिंसाका घटनाहरु दिन दिनै बढ्न थालेको भन्दै झापाको बिर्तामोडमा रहेको एमिटी कलेजले बिद्यालयका छात्राहरुलाई  एक दिने आत्मरक्षा तालिम दिएको छ । 

एमिटी कलेजको आयोजना , जिल्ला खेकुद विकास समितिको सहकार्य र  कराँते महासंघको प्राविधिक सहयोगमा आज बिहिबार कलेज परिसरमा पहिलो चरणमा किशोरीहरुलाई आत्मरक्षा तालिम दिइएको हो । 

 किशोरीहरुको आत्म रक्षा तालिमको उद्घाटन प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष प्रशान्त भण्डारीले गरेका हुन् ।  

ammmm

तालिमको उदघाटन गर्दै खेलकुद विकास समितिका अध्यक्ष भण्डारीले आत्मरक्षाको तालिमपछि चेली छोरीहरु महिला हिंसाका घटनाहरु निर्मूल पार्न सक्षम हुने परि आएको खण्डमा प्रतिकार गर्न सक्षम हुने विश्वास व्यक्त गरे । 

 महिला हिंसाबारे चेतना जगाउन यस्ता तालिम प्रभावकारी हुने उनले बताए । 

त्यस्तै कार्यक्रमका बिशेष अतिथि झापा जिल्ला खेलकुद विकास समितिको प्रबक्ता तथा कराँते महासंघ झापाका अध्यक्ष जगन कार्की, दुर्वासाले पनि तालिममार्फत शारीरिक प्रतिरक्षाका साथै महिला हिंसाका कारण, कानूनी उपचार र अन्यायमा परे कसरी न्यायका लागि लड्न सकिन्छ भन्ने विषयमा पनि परामर्श दिइने भएका कारण यस्ता तालिम प्रभाबकारी हुने धारणा राखेका थिए । 

महिला हिंसाको वर्तमान अवस्थाबारे जानकारी गराउँदै आत्मरक्षाका लागि तालिमको आयोजना गरिएको 

कलेजका संस्थापक तथा प्रधानाध्यापक आर एस ढकालले जानकारी दिए । ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कलेजका कोडिनेटर बिनोद शाहले गरेका थिए ।  

महिला हिंसाबारे चेतना जगाउने र परिआए प्रतिकार गर्न सक्ने बनाउने उद्देश्यले सञ्चालित तालिममा कुन संवेदनशील अंगमा प्रहार गर्दा आफू उम्किन सकिन्छ र गोप्य अंगको सुरक्षाका लागि के गर्ने भन्ने सिकाइएको एमिटी कलेजका खेल प्रशिक्षक तथा काउन्सिलिङ सुदिप खवासले जानकारी दिए ।