झापाको बिर्तामोडमा सञ्चालित न्युटन्स एजुकेशन एकाडेमीले कक्षा ११ मा भर्ना भएका बिज्ञान तथा ब्यवस्थापन संकायका बिद्यार्थीलाई अभिमुखिकरणसहित स्वागत गरेको छ । 

बिद्यालयले शनिवार  अभिभावकको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी शैक्षिक सत्र २०८० मा कक्षा ११ मा भर्ना भएका र कक्षा १२ प्रवेश गरेका बिद्यार्थीहरुलाई अभिमुखिकरणसहित स्वागत गरेको हो । 

88888

बिद्यालयकी संस्थापक तथा बिद्यालय ब्यवस्थापन समितिकी अध्यक्ष धर्मा पराजुली प्रसाईको अध्यक्षतामा भएको बिद्यार्थी स्वागत तथा अभिमुखिकरण कार्यक्रममा बिर्तामोड–५ का वडा सदस्य ओमभक्त सेडाईको प्रमुख आतिथ्य रहेको थियो । 

कार्यक्रममा बिद्यालयका प्रिन्सिपल देबेन्द्र हुमागाईले बिद्यालयको अनुशासन र नियमका बारेमा अभिभावक तथा बिद्यार्थीलाई जानकारी गराएका थिए । कार्यक्रममा बिद्यालयका ब्यवस्थापक आशिष प्रसाई, बिद्यालयका प्लसटु को–अडिनेटर केवल सापकोटा, प्लसटुका फिजिक्स शिक्षक लक्ष्मण गुरुङ, लेखा शाखाका खगेन्द्र कोइरालाले बिद्यालयको अवस्था, पठन–पाठनलगायतका बिषयमा जानकारी गराएका थिए । 

कार्यक्रममा प्रमुख अतिथि सेडाई र अभिभावकका तर्फबाट राजेन्द्र चम्लागाईले आ–आफ्नो धारणा ब्यक्त गरेका थिए । स्वागत बिद्यालय इन्चार्ज नोयल परेराले गरेको कार्यक्रमको सञ्चालन शिक्षिका पबित्रा पौडेलले गरेकी थिइन् ।