ओकिनावा शिक्षा विभाग र नेपालको एलआरआइ विद्यालयबीच विद्यार्थी शैक्षिक आदानप्रदान गर्ने सहमाति भएको छ । जापानको प्रिफेक्चुरल एजुकेशन बोर्ड, ओकिनावा तथा ओकिनावा प्रिफेक्चुरल चान्टन सिनियर हाई स्कुल जापान,  ओकिनावा शिक्षा विभागको निमन्त्रणामा जापान भ्रमणमा गएको एलआरआई विद्यालयका पदाधिकारीसंगको भेटमा उक्त सहमति भएको हो ।

जापानको ओकिनावा शिक्षा विभागले एलआरआइ विद्यालयको सहकार्यमा नेपालका ग्रामिण क्षेत्रका विद्यालय र विद्यार्थी लक्षित शैक्षिक गतिविधिमा सहयोग गर्न इच्छुक रहेको बताएको छ । भेटका क्रममा विद्यालयका प्रिन्सिपल डा.देवकान्त जोशीले नेपालको शिक्षा नीति र शैक्षिक क्षेत्रको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको छ ।

भेटमा जापानको प्रतिनिधि मण्डलले नेपाल भ्रमण गरि एलआरआइ विद्यालयसंग विद्यार्थी आदानप्रदान गर्ने सम्बन्धी सम्झौता गरिने प्रतिवद्धता जनाइएको छ । एलआरआइ विद्यालयले यस अघि नै विश्वको १८ देशका विद्यालयबीच शैक्षिक आदानप्रदान कार्यक्रममा आपसी सम्झौता गरिसकेको छ ।

373061693_274077452054295_3472973891192180955_n

यस्तो कार्यले आफ्ना विद्यालयमा अध्यययनरत विद्यार्थीहरुलाइ ग्लोबल सिटिजनको को अवधारणामा उत्प्रेरित गर्ने विश्वास लिएको विद्यालयका प्रमुख प्रशासकीय अधिकृत दीपक जोशीले बताउनुभयो ।   

भ्रमणका क्रममा प्रतिनिधि मण्डलले ओकीनावका चान्टन सिनियर हाई स्कुल जापान र ओकीनावा शिक्षा विभागले स्थापना गरेको विशाल पुस्तकालयको अवलोकन गरेको छ । यो पुस्तकालयमा विभन्न देशको पुस्तकलाई राखिएको छ । एलआरआइ विद्यालयले नेपाल सम्बन्धी पुस्तक उपलब्ध गराएमा पुस्तकालयमा नेपाल बुक कर्नर राख्ने सहमति भएको छ ।

373064097_3378344269093606_3628394780816852055_n

यसले देशकै प्रतिष्ठा बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसैगरि भ्रमणका क्रममा जापानको अन्य विद्यालयहरुको पनि अध्ययन भ्रमण गर्ने बताइएको छ ।  जापानको शैक्षिक भ्रमण टोलीको नेतृत्व विद्यालयका संस्थापक गुठीयार यशोधरा पन्तले गर्नुभएको हो । पन्त लामो समयदेखि शिक्षा क्षेत्रमा क्रियाशील रहनु भएको छ । उहाँ त्रिभुवन विश्वविद्यालयको उप प्राध्यापकसमेत रहनु भएको छ ।