काठमाण्डौ – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले दक्षिण अफ्रिाकालाई दुई सय ७१ रनको लक्ष्य दिएको छ । चेन्नईमा भइरहेको खेलमा टस जितेर ब्याटिङ रोजेको पाकिस्तान ४६ ओभर चार बलमा दुई सय ७० बनाएर अल आउट भयो ।

दक्षिण अफ्रिका ५ खेलमा ४ खेल जित्दै तालिकाको दोस्रो स्थानमा छ । पाकिस्तान पाँच वटै खेलमा २ खेल जित्दै तालिकाको छैटौँ स्थानमा छ ।  एकदिवसीय विश्वकपमा पाकिस्तान र दक्षिण अफ्रिाका बीच ५ वटा खेल हुँदा दक्षिण अफ्रिका ३ र पाकिस्तान २ खेलमा विजयी भएको छ । 

एकदिवसीय क्रिकेटमा यी दुई टोलीबीच ८२ वटा खेल हुँदा दक्षिण अफ्रिका ५१ र पाकिस्तान ३० खेलमा विजयी भएको छ । यस्तै एक खेल नतिजाविहीन छ ।