झापा 

झापाको कनकाई नगरपालिका ३ स्थित सुरुङ्गामा सञ्चालित ग्लोबल एजुकेयर एकाडेमीले २२ औं बार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ ।

बिद्यालयले आज सांस्कृतिक कार्यक्रम सहित  बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।  कनकाई नगर उपप्रमुख आशा शर्मा शिवाकोटीको प्रमुख आतिथ्यता तथा बिद्यालयका संस्थापक सदस्य बिशाल लामाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत बिद्यालयका लेखा प्रमुख रामकुमार भुजेलले गरेका थिए । 

WhatsApp Image 2024-03-16 at 05.29.41 (1)

बिद्यालयका घनेन्द्र खड्कालले सञ्चालन गरेको कार्यक्रममा कनकाई–३ का वडाध्यक्ष युवराज चम्लागाई, कनकाई २ का वडाध्यक्ष बलराम राई (प्रताप), बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सोमबहादुर लामा, इलाका प्रहरी कार्यालय सुरुङ्गा प्रमुख प्रविनकुमार भट्टराई, बिद्यालयका पिटिए अध्यक्ष दिनेश भट्टराई, कार्यपालिका सदस्य कृष्णमाया भुजेल, शिवकुमार गिरीलगायतको आतिथ्य रहेको थियो ।

बिद्यार्थीले स्वागत गीत तथा नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा  बिद्यार्थीले गायन, नृत्य, नाटक, स्पिच , कविता बाचन सहित बिभिन्न सन्देशमुलक नृत्य प्रस्तुत गरेका थिए ।

नर्सरीदेखि कक्षा १० सम्म सञ्चालन रहेको ग्लोबल एजुकेयर एकाडेमीमा ५ सय ३६ जना बिद्यार्थी अध्ययनरत रहेको बिद्यालयका प्रिन्सिपल बिमान लामाले बताएका छन् । विद्यालयमा शिक्षक तथा कर्मचारी गरेर ३७ जना कार्यरत रहेको जनाइएको छ ।