धनकुटाको साँगुरीगढी गाँउपालीका–६ भेडेटार चौकबाट ठुलो परिमाणको लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।

शब्जी बोक्ने मिनिट्रकमा लागूऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा आईतवार राती पौने ८ बजे इलाका प्रहरी कार्यालय भेडेटारका प्रमुख प्रहरी नायब निरिक्षक जीवन कार्की सहितको खटिएको टोलीले   चेकजाँचमा क्रममा   उक्त गाँजा बरामद गरेको हो । 

कार्कीको नेतृत्वमा रहेको प्रहरीले भेडेटार चोकमा रोकेर राखेको को १ ख ३२९४ नम्बरको  मिनिट्रकलाई चेकजाँच गर्दा गाडीमा लोड भएको शब्जीको बोरा भित्र प्याक गरी लुकाई छिपाई राखेको अवस्थामा ५ सय ४४ केजी लागूऔषध गाँजा बरामद गरेको हो ।

IMG-20240408-WA0003

गाँजा र सवारी साधन नियन्त्रणमा लिईएको र ट्रकका चालक तत्काल फरार रहेकोले खोजतलास भईरहेको साथै अन्य थप अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

नायब निरीक्षक कार्कीले यश अघि पनि ट्यांकरमा ६ सय केजी गाँजा फेला पारेका थिए । उनी कोशी  प्रदेश प्रहरी कार्यालयबाट माघ महिनाको उत्कृष्ट प्रहरी समेत घोषित भइसकेका छन् । 

साथै उनले  एम्बुलेन्समा ५२ केजी गाँजा समेत फेला पारेका थीए।  कोशी प्रदेश प्रहरी कार्यलयबाट माघ महिनाको उत्कृष्ट प्रहरीको अवार्डबाट पुरस्कृत भईसकेका कार्कीले अहिले भेडेटारमा प्रशंशनिय काम गर्दै आएका छन् । 

IMG-20240408-WA0000