बिर्तामोड । झापाको बिर्तामोड स्थित  बसपार्क नजिकै सुविधासम्पन्न होटल रुस्किन खुलेको छ ।

युवा व्यवसायी नरेश श्रेष्ठले करीब ३ करोड रुपैयाँको लगानीमा  सञ्चालनमा ल्याएको होटलको आज नयाँ बर्षको पहिलो दिन पारेर एक संक्षिप्त कार्यक्रमकाबिच  बिर्तामोड नगरपालिकाका मेयर पवित्रा महत्तरा प्रसाईले उद्घाटन गरेकी छन् । 

सन्चालक श्रेष्ठका अनुसार  रेस्टुरेन्ट एण्ड बार र थकाली रेस्टुरेन्टको समेत व्यवस्था छ ।

20240413_151748

होटलमा १५ वटा सुविधासम्पन्न कोठा छन् ।  होटलमा  पार्किङको पर्याप्त सुविधा छ । 

होटल स्थापनाको अवसरमा बैशाख ९ गते सम्मका लागि विशेष छुटको व्यवस्था गरिएको सन्चालकले जनाएका छन् । होटलमा १७ जनाले रोजगारी पाएका छन् ।

20240413_143712

प्रोपराईटर श्रेष्ठका आमा भगवती श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगर प्रमुख  महतारा, बिर्तामोड(६ का वडा अध्यक्ष सुर्य कन्दङ्वा, होटल व्यवसायी संघ झापाका अध्यक्ष इन्दिरा श्रेष्ठ, विर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने लगायतले शुभकामना मनतब्य राखेका थीए । 

कार्यक्रमको संचालन  होटल व्यवसायी संघ झापाका महासचिव शिवराज पौडेलले गरेका थिए ।