बिर्तामोड । झापाको बिर्तामोडस्थित गिरीबन्धु टि स्टेटमा शंकास्पद बस्तु फेला परेको छ । कुकर बम जस्तो वस्तु फेला परेको प्हरीफे वनाएको छ । 

कुकरमा तार जोडिएको र बिर्को अलग्गै भएको अवस्थामा शंकास्पद वस्तु फेला परेको ईप्रका अनारमनीका डिएसपी प्रकाश बिष्टले जानकारी दिए । उनले फेला परेको बस्तु अन्तै पड्केको जस्तो देखिने उनले बताए । 

 प्रहरी घटनास्थलमा पुगिसकेको र अनुसन्धान भइरहेको उनले बताए । स्थानियले शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । शंकास्पद वस्तुसँगै नेकपा माआवादी पुर्वी केन्द्रिय कमाण्डको पर्चासमेत भेटिएको छ ।  

गिरिबन्धुको जग्गा कमिशनको प्रलोभनमा सट्टापट्टा गर्न र राज्यको सम्पत्ति निजिकरण गर्न नेकपा एमाले लागि परेको पर्चामा उल्लेख गर्दै यस्ता काम नगर्न चेतापनि दिईएको छ ।