झापा । झापा गाउँपालिकामा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित पाँचथरका दुई जना युवती पक्राउ परेका छन् । पक्राउ पर्नेमा फिदिम ४ की रदिमा बर्देवा र इन्दिरा लिम्बू छन् ।

झापा गाउँपालिका १ स्थित लसुनामा प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा भारतबाट नेपालतर्फ आउँदै गरेका १९ वर्षीया रदिमा र सोही ठाउँकी १९ वर्षीया इन्दिरासँग ब्राउनसुगर बरामद भएको थियो ।

प्लाष्टिकसहित ३ ग्राम ९५ मिलिग्राम ब्राउनसुगरसहित दुवैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।