झापा :  विश्वस्तरीय अन्तर्राष्ट्रिय रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को सिजन २ को पूर्वको लागि चैत २ र ३ गते बिर्तामोडमा हुने भएको छ ।

इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजना हुँदै आएको रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को सिजन २ को पूर्व अडिशन बिर्तामोड हुन लागेको हो । आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी सहित अडिसनबारे आयोजकले गराएको हो । 

इन्ट्रा–नेशनल वेलफेयरका नेपाल संयोजक राम बानियाँको अध्यक्षतामा भएको पत्रकार सम्मेलनका प्रमुख अतिथि बरिष्ठ गीत तथा संगीतकार साधक शिवशंकर थापाले यस्ता प्रतियोगिताल आफ्नो भाषा संस्कृतिसँगै कला–संगीतको श्रीबृद्धिमा टेवा मिल्ने बताउनुभयो । कार्यक्रममा संगीतकार दीपक रायमाझीले कार्यक्रम सफल बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।