झापा : ऐतिहासिक तथा पुरातात्विक र पौराणिक महत्व बोकेका  धार्मिक स्थालको संरक्षण र विकास गर्न निर्माण नीति आवश्यक रहेको नेपाल इन्जिनियर्स एशोसिएसन बिर्तामोड च्याप्टरले जनाएको छ । 

आज झापाको बिर्तामोडमा पत्रकार भेटघाट गरी एशोसिएसन बिर्तामोड च्याप्टरले धर्म, पर्यटन र निर्माणलाई जोड्न साझा धारणा निर्माणकालागि सम्वन्धित बिज्ञहरुसंग परामर्श गर्ने समेत जनाएको छ ।  

फागुन २ गते बिर्तामोडमा हुने कार्यक्रममा धर्मका विषयमा शंकराचार्य पीठ साधुटारका अध्यक्ष तथा आचार्य लक्ष्मीप्रसाद खतिवडा, पर्यटनसंग सम्वन्धित विज्ञ अमिर राई, निर्माणसंग सम्वन्धि पूर्वाञ्चल क्याम्पस प्रमुख काजीराम कार्की र निर्माण नीतिका विषयमा ललितपुर महानगर पालिकाका प्रमुख चिरीवावु मर्हजनसंग अन्तरसम्वाद गर्दै साझा धारणा तयार गर्न लागिएको नेपाल इन्जिनियर्स एशोसिएसन बिर्तामोड च्याप्टरका अध्यक्ष इन्द्रमणि घिमिरेले जानकारी दिए । 

आयोजना गर्न लागिएको विचार गोष्ठीबाट आउने निष्कर्षलाई झापा घोषणापत्र तयार गरिने कार्यक्रम संयोजक इ. प्रकाश कुमार सिंहको भनाई छ । 

एशोसिएसन बिर्तामोड च्याप्टरका संस्थापक अध्यक्ष रोशन सुवेदीले औचित्माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन इन्जिनियर अजित ढुङ्गानाले गरेका थिए ।