झापाको काँकरभिट्टा स्थित मेची पुलबाट एक महिलालाई लागू औषध सहित सशस्त्र प्रहरीले पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाबाट खटिएको टोलीले हिजो बिहिबार राति मेचीनगर –६ स्थित मेची पुल पुलबाट लागू औषध सहित भोजपुर जिल्ला साल्पा सेटले गर्ने तीन नम्बर बस्ने मिना लिम्बु राईलाई पक्राउ गरेको हो
राईलाई शङ्का लागेर चेकजाँच गर्ने क्रममा उनको साथबाट एक ग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिटाबाट खटिने गरेको कुकुरसहितको लागू औषध नियन्त्रणको टोलीले राईलाई पक्राउ गरेको हो।