प्रहरीले बिर्तामाेडबाट भन्सार छली गरेर ल्याईएकाे ठुलाे परिमाणकाे कपडा सहित किराना सामान बरामद गरेकाे छ । 

जिल्ला प्रहरी कार्यलय झापाबाट खटिएकाे सादा पाेशाक तथा ईप्रका बिर्तामाेडबाट खटिएकाे  सादा पाेशाक सहितका प्रहरी टाेलीले बिर्तामाेडबाट  आज बिहान बिर्तामाेड स्थित बिएण्डसी अस्पताल नजिकै  ठुलाे परिणामकाे कपडा सहितकाे सामान बरामद गरेकाे हाे । 

भारतबाट ल्याईएकाे खेलाडिकाे जर्सि ५५० सेट २ लाख ७५ हजार, फुटबल जुत्ता ५० जाेर ५० हजार, गलबन्दि २४३ पिस २४ हजार ३ सय, चिनि, जिरा, चक्लेट, मरिच, रंगिन पेपर लगायत करीब ५ लाख २१ हजार बराबरकाे सामान बरामद गरिएकाे प्रहरी स्राेतले जनाएकाे छ । 

बिर्तामाेडमा गाेदाम राखेर भारतबाट काराेबारीले सामान दमक, उर्लाबारी लगायतका बजारमा पुर्याउने गरकाे एक काराेबारीले जनाएका छन् । 

प्यासेनजर बाेक्ने म्याजिक भेनमा सामान केरियरले लिएर आएका हुन् । 

यस अघि पनि प्रहरीले करीब ३ लाख ३२ हजार मूल्य बराबरकाे किराना सामान बरामद  गरेकाे थियाे ।

 बरामद सामान मेचि भन्सार बुझाउने तयारी भईरहेकाे प्रहरीले जनाएकाे छ । 

त्यस्तै प्रहरीले केही दिन  अघि मात्र  बिर्तामाेडबाटै सिटि रिक्सामा ल्याईएकाे बसुन्धरा चुक अमिलाे १०१ बाेतल, दिपक बिडि ८० बन्डल, सुपर पावर खैनी ५० बन्डल, सुर्ती ३७५ बन्डल अन्दाजी १ लाख ३ सय  ५० रूपैंया बराबरकाे सामान बरामद गरेकाे थियाे ।