इरानी नागरिकलाई नेपालमा अन अराइभल भिसा बन्द भएको छ । सुरक्षाको कारण देखाउँदै सरकारले उनीहरुको भिसा बन्द गरेको हो ।
सरकारी र कुटनैतिक राहदानीबाहक बाहेकका ईरानी नागरिकले अब विदेशस्थित नेपाली दूताबासबाट भिसा लिए मात्र नेपाल प्रवेश गर्न मिल्ने अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालले बताए । पछिल्लो समय इरानमा बढेको द्वन्द्वपछि त्यहाँका नागरिक शरण खोज्दै नेपाल आउन सक्ने भएकाले सरकारले अन अराइभल भिसा बन्द गरेको हो ।
नेपालले यसअघि १२ देशका नागरिकलाई अन अराभइल भिसा बन्द गर्दै आएको थियो । अब त्यो संख्या १३ पुगेको छ।
कुन–कुन देशका नागरिकले पाउँदैनन् नेपालमा अन अराइभल भिसा
१ नाइजेरिया
२ घाना
३ जिम्बावे
४ स्वाजील्याण्ड
५ क्यामरुन
६ सोमालिया
७ लाइबेरिया
८ इथियोपिया
९ इराक
१० प्यालेस्टाइन
११ अफगानिस्तान
१२ सिरिया
१३ इरान









































