झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले  बिर्तामोड १० मा रहेको चमरधाप आधारभुत विद्यालयलाई  आर्थिक सहयोग गरेको छ ।  सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सहज आवतजावत तथा नियमित पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालयद्वारा सञ्चालन गरिएको सिटी सफारी सेवा सञ्चालनका लागि रु। ६० हजार आर्थिक सहयोग सिम्रिकले आज एक कार्यक्रमकाबिच  प्रदान गरेको हो । 

संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग रकम विद्यालयलाई हस्तान्तरण गरेको संस्थाका अध्यक्ष सुवास भट्टराईले जानकारी दिए । सो विद्यालय २०५४ सालमा स्थापना भएको हो । 

अत्यन्त विपन्न समुदायका विद्यार्थी  अध्ययन गरिरहेको सो विद्यालयले दाताहरूको सहयोगमा एक बर्षदेखि सिटी रिक्सा खरिद गरेर विद्यार्थी ओसारी रहेको छ । तर विद्यालयको आम्दानीको स्रोत नहुँदा सफारी चालक राख्न सक्ने स्थिति छैन । सोहि विद्यार्थीलयमा अध्यापन गराई रहेका शिक्षिका कुन्ता राई र सिमा कुँवरले विद्यार्थी ओसार्न सिटी रिक्सा चलाई रहेका छन् ।

WhatsApp Image 2026-05-18 at 21.13.29 (1)

तलब खुवाउन नसक्ने विद्यालयको अवस्था थाहापाएसंगै  सिम्रिक साकोसले उनीहरूलाई एक बर्ष बापतको ६० हजार नगद विद्यालयलाई  सहयोग उपलब्ध गराएको हो । 

आर्थिक अभावका कारण यातायात व्यवस्थापनमा समस्या नहोस् तथा विद्यार्थीहरूले नियमित रूपमा विद्यालय आउजाउ गर्न सहज होस् भन्ने उद्देश्यले सहयोग गरिएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी लिए ।  

शिक्षा सबै बालबालिकाको आधारभूत अधिकार हो भन्ने मुल उदेश्यले  शिक्षा, पहुँच र अवसरको सुनिश्चितताका लागि संस्थाले आगामी दिनमा पनी  विभिन्न सामाजिक क्षेत्रमा  निरन्तर सहयोग गर्ने जनाएको छ ।  

 प्राप्त सहयोगले सिटी सफारी सेवा सञ्चालनमा ठूलो राहत मिलेको विद्यालयको प्रधानध्यापक चन्द्रकला उप्रेतीले बताईन ।   साथै, विद्यार्थीहरूको शैक्षिक गतिविधिलाई निरन्तर र प्रभावकारी बनाउन सिम्रिक साकोसले गरेको सहयोग महत्वपूर्ण  भएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा सिम्रिक साकोसको बिभागिय प्रमुख मिनबहादुर अधिकारी, आईटी बिभाग प्रमुख बिजय पाण्डे ,  विद्यालय व्यवस्थापन समितिको पुर्व अध्यक्ष रिमानध्वज लोक्ताम, हालका अध्यक्ष सुचेन राजवंशी, अभिभावक संघको अध्यक्ष हरिप्रसाद कंडेल,  शिक्षक, अभिभावक लगायतको  उपस्थिति रहेको थियो ।