झापाको बिर्तामोड ५ स्थित न्युटन्स एजुकेशन एकेडेमीमा  अभिभावक लक्षित मोटिभेसनल अभिमुखीकरण  कार्यक्रम सुरू गरिएको  छ । विद्यार्थीहरूको शैक्षिक, नैतिक तथा व्यवहारिक विकासमा अभिभावकको भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यले आज शुक्रबारबाट अभिभावक अभिमुखीकरण कार्यक्रम सुरू गरिएको प्रिन्सिपल देबेन्द्र हुमागांईले जानकारी दिए । 

आज कक्षा ६ देखि १० सम्म, भोली ३० गते कक्षा १ देखि ५ सम्म र ३१ गते नर्सरीदेखि एभरेष्ट स्माट स्कुलका कक्षागत विद्यार्थीका अभिभावकलाई अभिमुखिकरण प्रदान गरिने विद्यालयले जनाएको छ । 

WhatsApp Image 2026-06-12 at 20.35.21

 अभिभावकहरूलाई बालबालिकाको सिकाइ उपलब्धि सुधार, नियमित विद्यालय उपस्थितिको महत्व, सकारात्मक अभिभावकत्व, बालमैत्री वातावरण निर्माण तथा विद्यालयसँगको सहकार्य, संस्कार, अध्ययन प्रतिको रुचि अभिबृद्दि जगाउने लगायतका विषयमा अभिकुखिकरण प्रदान गरिने प्रिन्सिपल हुमागांईले जानकारी दिए । 

साथै डाक्टर रबिन कटुवालले  विद्यालय प्रशासन, शिक्षक तथा अभिभावकबीचको सम्बन्ध  प्रगाढ बनाउने  तथा विद्यार्थीको सर्वाङ्गीण विकासका लागि आपसी समन्वय र सहकार्य आवश्यक रहेको भन्दै यीनै कुरामा प्रशिक्षण प्रदान गरिरहेका छन् ।  

कार्यक्रममा ८ सय बढी अभिभावकहरू सहभागी छन् ।  कार्यक्रमबाट प्राप्त जानकारीले  बालबालिकाको अध्ययन तथा व्यवहार सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै प्रिन्सिपल हुमागांईले  विद्यालयले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने समेत जनाएका छन् । 

सहभागी अभिभावकहरूले कार्यक्रम उपयोगी र प्रेरणादायी भएको प्रतिक्रिया दिँदै यस्ता अभिमुखीकरण कार्यक्रमले बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । 

आजको उद्घाटन कार्यक्रम  बिर्तामोड नगर शिक्षा शाखा  प्रमुख तिलचन भण्डारीको प्रमुख आतिथ्यता तथा विद्यालय ब्यवस्थापन समिति सदस्य सबिता सुब्बाको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमको सन्चालन शिक्षिका पबित्रा पौडेलले गरेकी थिईन ।