झापाकाे बिर्तामाेड ५ स्थित न्युटन्स एजुकेशन एकेडेमीले आयाेजना गरेकाे अभिभावक लक्षित मोटिभेसनल अभिमुखीकरण  तालिम समापन भएको छ ।  जेठ २९ गते शुक्रबारबाट सन्चालन भएकाे तालिम आज आईतबार समापन भएकाे हाे । 

शुक्रबार कक्षा ६ देखि १० सम्म, शनिबार ३० गते कक्षा १ देखि ५ सम्म र ३१ गते आज नर्सरीदेखि एभरेष्ट स्माट स्कुल तथा लिंकन मन्टेश्वरीका  विद्यार्थीका अभिभावकलाई अभिमुखिकरण प्रदान गरिएकाे  विद्यालयले जनाएकाे छ ।  

विद्यार्थीहरूको शैक्षिक, नैतिक तथा व्यवहारिक विकासमा अभिभावकको भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यले  अभिभावक अभिमुखीकरण कार्यक्रम आयाेजना  गरिएकाे न्युटन्स एजुकेशन एकेडेमीका प्रिन्सिपल देबेन्द्र हुमागांईले जानकारी दिए । 

 अभिभावकहरूलाई बालबालिकाको सिकाइ उपलब्धि सुधार, नियमित विद्यालय उपस्थितिको महत्व, सकारात्मक अभिभावकत्व, बालमैत्री वातावरण निर्माण तथा विद्यालयसँगको सहकार्य, संस्कार, अध्ययन प्रतिकाे रुचि अभिबृद्दि जगाउने लगायतका विषयमा अभिकुखिकरण प्रदान गरिएकाे जनाईएकाे छ । 

 डाक्टर रबिन कटुवालले  विद्यालय प्रशासन, शिक्षक तथा अभिभावकबीचकाे सम्बन्ध  प्रगाढ बनाउने  तथा विद्यार्थीको सर्वाङ्गीण विकासका लागि आपसी समन्वय र सहकार्य आवश्यक रहेको भन्दै यीनै कुरामा प्रशिक्षण प्रदान गरेकाे स्कुलले जनाएकाे छ । 

समापन  कार्यक्रमकाे प्रमुख अतिथि बिर्तामाेड ६ का वडाध्यक्ष सुर्यकुमार कन्दङ्वा रहेका थिए ।

उनले यस्ता  कार्यक्रम उपयोगी र प्रेरणादायी हुने  प्रतिक्रिया दिँदै यस्ता अभिमुखीकरण कार्यक्रमले बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । 

 कार्यक्रमकाे सन्चालन शिक्षिका पबित्रा पाैडेलले गरेकी थिईन ।