बिर्तामोड ३ मा सञ्चालित  लिङ्कन मन्टेश्वरी स्कुलले आज साउन १५ गते राष्ट्रिय खिर दिवसको अवसर पारेर बालबालिकालाई खिर खुवाउनुका साथै मेहन्दी लाउने कार्यक्रम  गरेको छ । 

साउन १५ को  अवसर पारेर मन्टेश्वरी स्कुलमा विद्यार्थीहरूलाई खिर खुवाउने तथा मेहन्दी लाउने कार्यक्रम गरिएको हो । कार्यक्रमअन्तर्गत विद्यालयले विद्यार्थीहरूलाई खिर खुवाएर साउन पर्वको महत्वबारे जानकारी गराएको थियो। साथै, छात्राहरूलाई बिर्तामोड स्थित द ब्युटी बल्र्डको संयोजनमा मेहन्दी लगाइएको थियो । 

WhatsApp Image 2026-07-31 at 21.10.09 (2)

सामाजिक ब्यक्तित्व एवंम हालै मात्र अबकाश प्राप्त नेपाल प्रहरीका डिएसपी ढुण्डीराज गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गिरीले बालबालिकालाई सानै देखि संस्कार सिकाउन जरुरी रहेको बताउंदै विद्यालयले गरेको कार्य प्रति प्रशंसा गरेका थिए ।

साथै उनले पछिल्लो समय देखाउनकालागि मात्र बिभिन्न कार्यक्रम गर्ने चलन बढ्दै गएको बताउंदै देखाउनलाई नभई परिणाम दिन र समाजलाई सन्देश प्रवाह गर्ने कार्यक्रम गरेर त्यसलाई कार्यन्वयन गर्नु पर्नेमा जोड दिए ।   

WhatsApp Image 2026-07-31 at 21.10.09 (1)

विद्यालयले साउन १५ का दिन बालबालिकालाई खीरको सांस्कृतिक र स्वास्थ्यसम्बन्धी महत्व बुझाउँदै  खिर पकाएर खुवाएको विद्यालयका सञ्चालक सरोज पौडेलले जानकारी दिए  । 

 सञ्चालक  पौडेलले संस्कारसहितको शिक्षा प्रदान गर्नु विद्यालयको मुख्य उदेश्य रहेको बताउंदै उनले असार १५ मा दही–चिउरा, साउन १५ मा खिर र पुष १५ मा खिचडी खाने संस्कृतिको महत्व बुझाउन स्कुलले कार्यक्रम गरिरहेको जनाएका छन् । 

WhatsApp Image 2026-07-31 at 21.10.09

खिरलाई स्वास्थ्यका दृष्टिकोणले पनि लाभदायक मानिन्छ। साउने झरीमा तातो खिर खाँदा शरीरलाई गर्मी मिल्ने र पाचन प्रणालीलाई सहयोग पुग्ने विश्वास गरिन्छ। दूध, मरमसलालगायतका पौष्टिक तत्व राखेर बनाइने खिर परम्परादेखि नै सात्विक आहारका रूपमा लिइँदै आएको छ।

संस्कृतमा ‘पायस’ भनिने खिरलाई वैदिक धर्मशास्त्रमा पितृकार्य तथा देवकार्यमा समेत महत्वपूर्ण मानिन्छ। ऋषिमुनिको पालादेखि नै ब्राह्मणहरूलाई खिर खुवाउने चलन रहिआएको पाइन्छ।

विद्यालयका शिक्षक तथा प्रशिक्षकहरूको सक्रिय सहभागितामा सम्पन्न कार्यक्रमले विद्यार्थीहरूमा नेपाली संस्कृति र परम्पराप्रति सम्मानको भावना विकास गर्नुका साथै उनीहरूको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न सहयोग पुगेको विश्वास लिइएको छ।

विद्यालय प्रशासनले यस्ता रचनात्मक तथा सांस्कृतिक कार्यक्रमले विद्यार्थीहरूको सिकाइलाई व्यवहारिक र मनोरञ्जनात्मक बनाउने भएकाले आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने जनाएको छ।