बिर्तामोड / होटल ब्यवसायलाई व्यवस्थित गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने उद्धेश्यले आयोजना गरिएको तालिमको आइतबार समापन भएको छ ।
होटल क्षेत्रको विकास र ब्यवसाय प्रवर्दन गर्दै सीप मुलक तालिम प्रदान गर्ने उद्धेश्यले होटल ब्यवसायीसंघ झापाले दुई आयोजना गरेको तालिमको आज आईतबार समापन भएको हो । होटल व्यवसायीका अनुसार करीब २ सय जनालाई ब्यवसायसम्बन्धि तालिम प्रदान गरिएको थियो ।
दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना अन्र्तगत इन्सोर नाम गैर सरकारीसंस्थसंग सहकार्य गर्दै विभिन्न चरणमा व्यवासाय सम्बन्धी तालिम प्रदान गरिएको होटल ब्यवसायी संघ झापाकी अध्यक्ष इन्दीरा श्रेष्ठले जानकारी दिइन् ।
होटलको गुणस्तर विकास गर्दै स्तरीय सेवा प्रदान गर्ने उद्धेश्यले कुक, बेटर, हस्पिटालिटी, होटल म्यानेजम्याट लगायतका कोर्षहरु सैद्धान्तिक र प्रयोगात्मक रुपमा प्रदान गरिएको होटल ब्यवसायी संघका महासचिव शिव पौडेलले जानकारी दिए ।
कोरोनाका कारण लामो समय होटल ब्यवसाय बन्द भएको र विदेशबाट समेत धेरै युवाहरुले रोजगारी गुमाएर फर्किनु परेकाले इन्सोर नामसंस्थासंगको सहकार्यमा रोजगार मुलक तालिम प्रदान गरिएको हो ।
होटल क्षेत्रमा दक्ष जनशक्ति भएमा यहाँ नै मनग्य आम्दानी गर्न सकिने र पर्यटकलाई आकषर्ण गर्न सकिने भएकाले तालिमको अवधिमा प्रयोगात्मक शिक्षा मार्फत धेरै ज्ञान प्रदान गरिएको जनाइएको छ । तालिमबाट झापाका होटलहरुलाई स्तरीकरण गर्न टेवा पुग्ने विश्वास लिइएको छ ।
होटल ब्यवसायी संघ झापाका अध्यक्ष इन्दिरा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा होटल ब्यवसायी संघ प्रदेश–१ का अध्यक्ष राजन दंगालको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा बिर्तामोड–५ का निर्वतमान अध्यक्ष राजेन्द्र लिङदेन, होटल ब्यवसायी संघका सल्लाहकार देवीभक्त श्रेष्ठ, होटल ब्यवसायी संघका पूर्वअध्यक्ष भोलानाथ उप्रेती, कार्यक्रम संयोजक रोहित ओझा, स्पीङ्गडेल कलेजका प्रवन्ध निर्देशक निरोज श्रेष्ठ, सुरेन राजवंशी, प्रेमप्रकाश चुडाल लगायतको सहभागिता रहेको थियो ।
तालिम एक महिनासम्म बिर्तामोड, धुलाबारी र कांकरभिट्टामा सञ्चालन भएको थियो । तालिममा झापासहित विभिन्न जिल्लाका युवायुवती सहभागि भएका थिए ।