नेपाल व्यापारी कर्मचारी संघ (युनिकम) को आयोजनामा इलामको सुर्योदय नगरपालिका कन्याममा तीन दिने क्षमता अभिबृद्धि तथा नेतृत्व विकास तालिमको सुरुवात भएको छ । संघमा आबद्ध सदस्यको नेतृत्व विकासकालागि आइतबारबाट सुरु भएको तालिम मङ्लबार समापन हुनेछ ।

तालिमको उद्घाटन प्रमुख अतिथि सार्क चेम्बर एण्ड कर्मशका उपाध्यक्ष तथा उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले पानसमा बत्ती बालेर गरेका थिए ।

उनले यस प्रकारको तालिमले मानिसको व्यक्तिगत र सामाजिक विकासमा सहयोग पुग्ने भन्दै आयोजक प्रति धन्यवाद सहित आभार प्रकट गरेका थिए ।

त्यस्तै कार्यक्रमका बिशेष अतिथि सुर्योदयन नगरपालिकाको उपमेयर दुर्गा पूसाद बरालले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।

त्यस्तै, संघका केन्द्रीय अध्यक्ष गजेन्द्र पौडेलले व्यापार क्षेत्रमा काम गर्ने कामदारलाई घरेलु कामदारको रुपमा हेरिने गरेकोमा त्यसमा पछिल्लो सयम परिवर्तन आएको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय अध्यक्ष पौडेलले युनिकमले व्यापारिक क्षेत्रमा गरिने कामलाई स्मार्ट जब बनाउने अभियान चलाइरहेको बताए ।talim-pic-unicom

नीजि क्षेत्रमा ठुलो हिस्साले काम गरिरहेको बताउंदै उनले कामदारले पनि आफ्नो क्षमतालाई भरपुर सदुपयोग गर्न सक्नु पर्ने बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ का अध्यक्ष टिकाराज ढकालले सर्वप्रथम मानिसले आफूले आफैँलाई

नेतृत्व गर्नुपर्नेमा जोड दिंदै स्थापित हुनका लागि व्यक्तित्व र नेतृत्व विकास जरुरी रहेको धारणा राखेका थिए । नीजि क्षेत्रमा काम गर्ने कामदारको हितका निम्ति सदैव अग्रसर युनिकम प्रति उनले आभार प्रकट पनि गरेका थिए ।

तालिममा सहभागीलाई यूएनआईकय एप्रो प्यासिफिकका प्रोग्राम को–अर्डिनेटर तिलकजंग खड्का (कल्याण)ले प्रशिक्षण दिंदैछन् । नेतृत्व विकासकारेमा पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई र संघका केन्द्रीय अध्यक्ष गजेन्द्र पौडेलले समेत प्रशिक्षण दिने बताइएको छ ।

युनिकम झापा अध्यक्ष कृष्ण पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत युनिकमका केन्द्रिय महासचिव लेखनाथ दाहालले गरेका थिए ।

कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने लगायतले शुभकामना मनतब्य राखेका थिए ।

कार्यक्रममा युनिकमका केन्द्रिय कोषाध्यक्ष दुर्गा भट्ट, उपाध्यक्ष रबिन भुषाल , केन्द्रिय सदस्यहरु सहित बाग्मती सहित प्रदेश १ का युनिकम सम्बद्ध पादधिकारी तथा सदस्यहरुको सहभागिता रहेको छ । कार्यक्रमको सञ्चालन केशव भट्टराईले गरेका थिए ।