ट्राफिक संकेत चिह्न सडक यात्रुको सुरक्षासँग सम्बन्धित विषय हो । यी प्रमुख रूपमा सूचनामूलक, निर्देशनात्मक र निषेधात्मक हुन्छन् । 

सूचनात्मक चिह्नले सवारी चालकलाई अगाडिको ठाउँ आदिबारेमा जानकारी दिन्छ ।  हर्न बजाउन, युर्टन गर्न, पार्किङ गर्न निषेध गर्ने संकेत आदि निषेधात्मक चिह्न हुन् । तर सडकमा यस्ता चिन्ह नहुंदा दुर्घटनाको जोखिम बढिरहेको भन्दै  झापाको बिर्तामोड–भद्रपुर सडक खण्ड अन्तरर्गत धौलापुलमा जानकारी मुलक बोड राखिएको छ ।  

निमार्णाधिन सडकमा पर्ने धौला पुल सांघुरो भएकै कारण दैनिक जसो दुर्घटना हुन थालेको भन्दै पुर्वेली मजदुर यातायात प्रा.लिको सहकार्यमा संकेत चिह्न मुलक बोड बिहिबार राखिएको हो । 

ट्राफिक सचेतनाका लागि पछिल्लो समय सहकार्य गर्दै विभन्न कार्यक्रमहरु गर्दै आइरहेको पुर्वेली मजदुर यातायात प्रा.लिका अध्यक्ष तथा बिर्तामोड ३ का वडा सदस्य हरी बांस्कोटाले जानकारी दिए । 

ट्राफिक पोष्ट तथा स्थायी प्रहरी चौकी  बिर्ताबजारको समन्वयमा गरिएको संक्षिप्त कार्यक्रममा पुर्वेली मजदुर यातायात प्रा.लिका सचिव गणेश कोइराला, ट्राफिक पोष्ट बिर्ताबजारका जवान बिर्जु महतो, हवल्दार सरोज यादव, प्रहरी चौकीका इन्चार्ज प्रविन खड्का लगायतको उपस्थिती रहेको थियो । 

मुन्ना गुप्र प्रा.लिको ब्रान्ड सजिलोले बोड सौजन्य उपलब्ध गराएको बताइएको छ ।