बुट्टाबारी : स्वच्छ समाजका लागि सामाजिक अभियान झापाले दृष्टिबिहिन दम्पतीद्धय फुलनदेबी  र सुमित राजवंशीलाई आर्थिक सहयोग गरेको छ । 

आर्थिक अभावका कारण दृष्टिबिहिन फुलनदेबीको पाठेघरमा ट्युमर भए पनि उपचारबाट बञ्चित छिन् । र उनका  श्रीमान सुमित पनि अपाङ्गता भएका ब्यक्ति हुन् । 

उपचारमा सहजता प्रदान गर्न अभियानले आज शुक्रबार १६ हजार हजार पाँच सय रुपैयाँ प्रदान गरेको अभियानका संयोजक गणेश ढुङ्गानाले जानकारी दिए । 

अगरबती  बेचेर दैनिक गुजारा चलाउंदै आएका उनीहरुले सहयोगका लागि  आह्वान गरेका थिए ।   सामाजिक अभियन्ता तथा अभियानका संयोजक  ढुंगानामार्फत  दम्पत्तीद्धय लाई   बिर्तामोड ५ का सामाजिक ब्याक्तित्व बिबेक प्रसाई  (केसरी)बाट १०हजार,

अभियानका  वरिष्ठ उपाध्यक्ष तथा समाजसेवी शेरबहादुर थापाबाट पाँच हजार र अर्जुनधारा ११ का वडा अध्यक्ष खगेन्द्र इङ्गनामबाट एक हजार र रन्जु प्याकुरेलबाट पाँच सय गरि संकलन गरिएको १६ हजार पाँच सय हस्तान्तरण गरिएको हो । 

कार्यक्रममा सामाजिक ब्याक्तित्वहरु जगत हादुर मगर, बिपि कोइराला, रन्जु प्याकुरेल, मोहनकुमार योगी, मोहन प्रसाई, सचिब अभिचन्द्र बासकोटा, तिलक बिश्वकर्मा लगायतले अभियानले गरेको सहयोग प्रति धन्यवाद प्रकट गरेका  थिए ।