बिर्तामोड : राजवंशी समाज विकास समितिले झापामा बिशेष केन्द्रिय महाधिवेशन गर्ने भएको छ । समितिले शुक्रवार (आज) बिर्तामोडमा पत्रकार भेटघाट मार्फत भोली शनिवार बिर्तामेडमा अधिवेशन गर्ने निर्णय भएको जनाएको हो ।
वर्तमान समितिका अध्यक्ष भिमराज चौधरी, महासचिब सुवन्त राजवंशी, सचिव चन्द्रप्रसाद राजवंशीको नेतृत्वमा रहेको समितिले चार÷चार बर्ष गरी ८ बर्षको कार्यकाल विधिवत सकिए पनि अझै अध्यक्ष भइरहेकाले विधानको दफा ३७ को उपदफा (छ) अनुसार बिशेष अधिवेशन गर्न लागिएको आयोजक समिति सदस्य अभय राजवंशीले पत्रकार भेटघाट मा जानकारी दिए ।
विद्यान अनुसार कार्यकाल सकिए पनि अध्यक्षले संस्थाको हित विपरीत काम गरेको भन्दै विधानको नियममा टेकेर बिशेष अधिवेशन गर्न लागिएको उनले बताए ।
विधानको दफा ३७ को उपदफा (छ) अनुसार केन्द्रिय महाधिवेशन गर्ने र बिवादित भएमा उपस्थित प्रतिनिधिहरुले नै समितिको बिशेष केन्द्रिय महाधिवेशन गर्न सक्ने कानुनी व्यवस्थालाई टेक्दै असार ३१ गते महाधिवेशनमा उपस्थित प्रतिनिधिहरुले २१ सदस्यीय केन्द्रिय अधिवेशन गर्न सक्ने समितिका अध्यक्ष मोहन राजवंशीद्धारा हस्ताक्षरित प्रेस बिज्ञप्तीमा उल्लेख छ ।
बिशेष अधिवेशनमा झापाका ११ पालिका मध्येबाट प्रत्येक पालिकाबाट ५ जना, मोरङको १० पालिकाबाट प्रत्येक पालिकाबाट ५ जनाका दरले, सुनसरीबाट ५ जना र काठमाडौबाट गरेर प्रतिनिधि उपस्थिति रहने बताइएको छ ।
समितिका अध्यक्ष भिमराज चौधरीको नेतृत्वमा रहेका समितिले नियम विपरीत गैर जिम्मेवार तथा सवैको आँखामा छारो हाल्ने प्रयास गरेको देखिएको पनि बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
अधिवेशनमा झापा, मोरङ, सुनसरी र काठमाडौंबाट पुगेको बहुसंख्यक प्रतिनिधिहरुले निर्वाचन स्थगनको माग गर्दै बिधान अनुसार सवै प्रक्रिया पूरा गरेर मात्र निर्वाचनमा जान गरेको अनुरोधलाई ब्यवस्था गरेको बिज्ञप्तीमा उल्लेख छ ।
त्यस्तै पूर्व नियोजित तयारी अनुसार आफ्नो नेतृत्वमा कथित नयाँ समिति घोषणाको नाटक मञ्चन गरेको समेत आरोप लगाएका छन् । भोली हुने अधिवेशनबाट चयन हुने कार्य समितिनै बैधानिक हुने समितिको दावी छ ।