नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक केहीवेरमा बस्दैछ । बैठक ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जनाइएको छ ।

बैठकमा आगामी निर्वाचनको तयारी, गठबन्धनमा भागबण्डा गर्दा पार्टीले राख्नुपर्ने सिट, जनप्रतिनिधिको भेलालगायत विषयमा छलफल हुने जनाइएको छ ।

पाँच दलीय गठबन्धनमा रहेको कांग्रेसलाई आगामी चुनावका लागि सिट भाग लाउनुपर्ने र देशभरका १ सय ६५ सिटकै अवस्था विश्लेषण गरेर कांग्रेसले सिट दाबी गर्ने तयारी गरेको छ ।

प्रतिनिधि सभाका लागि झण्डै १ सय सिट पार्टीले पाउनुपर्ने दाबी कांग्रेसका नेताहरूले गर्दै आएका छन् । गठबन्धनमा रहेका माओवादी, एकीकृत समाजवादीका नेताहरू कांग्रेसलाई

एक सय सिट दिन तयार नभएका कारण कांग्रेसले आजको बैठकमा छलफल गर्ने छ । गठबन्धन दलबीच सिट बाँडफाँटका लागि कार्यदलसमेत गठन गरिएको छ ।