बिर्तामोड : नेपाल उद्यमशिल महिला संघ झापाको पांचौ साधारण सभा तथा तेस्रो अधिवेशन बिर्तामोडमा सम्पन्न भएको छ । अधिवेशनवाट पुःन अध्यक्षमा पार्वता खरेल बिमली चुनिएकी छन् ।
संघको शनिबार आज बिर्तामोडमा भएको पांचौ साधारण सभा तथा तेस्रो अधिवेशनबाट सर्वसम्मत अध्यक्षमा तेश्रो कार्यकालकालागि पार्वता चयन भएकी हुन् ।
अध्यक्ष पार्वताको नेतृत्वमा १६ सदस्यीय नयां कार्य समिति चयन गरिएको छ । समितिको बरिष्ठ उपाध्यक्षमा निरमाया पुलामी, प्रथम उपाध्यक्षमा ऐश्वर्या पाण्डे, दृतिय उपाध्यक्षमा देवी पोखरेल, महासचिवमा यसोदा प्रसाई, सचिव चन्द्रा भट्टराई, कोषाध्यक्ष शुशिला पाठक चुनिएका छन् ।
त्यस्तै संघको सदस्यहरुमा उमा प्रसाई, दुर्गा पौडेल, मुना पौडेल, चन्द्रकला रिजाल भट्टराई, निरा न्यौपाने कट्टेल, विना थापा, संगिता चिमरिया, कमला प्रसाई, बिमला न्यौपाने र अर्चना बुढाथोकी रहेका छन् ।
साधारणसभाको उद्धघाटन पानसमा बत्ती बालेर कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईले गरेकी थिइन ।
उद्धघाटन कार्यक्रममा चेम्बर अफ कर्मशका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष ओमकृष्ण बिमली, नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष निर्मल भट्टराई, बिर्तामोड ५ नम्बर वडाध्यक्ष रोहित प्रसाई, इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी रुंगमबहादुर कुंवर लगायतले शुभकामना मनतब्य राखेका थिए ।
सभामा सफल उद्यमी संघको सदस्य निर्मला भण्डारी चौहानलाई सम्मान गरिएको थियो । प्लाष्ट्रिकको झोला मुक्त अभियानको थालनी गर्दै उद्यम गरिरहेको भन्दै सम्मान गरिएको संघले जनाएको छ ।
त्यस्तै कार्यक्रममा ५ बर्ष अघि स्थापना भएको संघमा आबद्ध सदस्यहरुलाई सदस्यीय प्रमाणपत्र वितरण गरिएको थियो ।