शिवसताक्षी : लायन्स क्लब अफ शिवसताक्षीको आयोजनामा झापाको धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधाममा आयोजना गरिएको रक्तदान कार्यक्रममा ७५ प्रिन्ट रगत संकलन भएको छ ।
बढ्दो रगतको अभावलाई परिपूर्ती गर्न आज श्रावणको अन्तिम सोमबार पारेर आयोजना गरिएको रक्तदान कार्यक्रममा ७५ जनाले रक्तदान गरेको लायन्स क्लब अफ शिवसताक्षीका बर्ष २०२२÷२३ का अध्यक्ष राजकुमार संग्रौलाले जानकारी दिए ।
सुनसरीको विपी कोइराला विज्ञान प्रतिष्ठानमा रगतको अभाव भएको जानकारी पाए पश्चात रगतको अभावका कारण कसैले पनि अकालमा ज्यान गुमाउनु नपरोस भनेर मानविय हिसाबले रत्तपदान कार्यक्रमको आयोजना गरिएको पनि अध्यक्ष संग्रौलाले बताए ।
डीष्ट्रिक क्याबिनेट सेके्रटरी लिला चिमरीयाको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सुनसरी सुनसरी रक्तसञ्चार सेवाको प्राविधिक सहयोग रहेको थियो ।
त्यस्तै लायन्स क्लब अफ शिवसताक्षी तथा लायन्स क्लब अफ विर्तामोड लेडीले बोलबममा आउने भक्तजनहरुलाई फलफुल तथा प्रसाद समेत वितरण गरेको थियो ।
रक्तदान तथा फफुल वितरण कार्यक्रममा प्रथम उपाध्यक्ष दुर्गा भट्टराई, द्धतिय उपाध्यक्ष गणेश घिमिरे, तृतिय उपाध्यक्ष गंगाधर तिम्सीना, सचिव डिल्ली रमण खतिवडा, कोषाध्यक्ष मदन बांतोला चार्टर पे्रसिन्ड यामनाथ काफ्ले सहित लायन्स क्लब अफ
विर्तामोड लेडीको अध्यक्ष नम्रता रिजाल, रिजन जोन चियर पर्सन उर्मिला बिमली खरेल, प्रथम उपाध्यक्ष निरु ओली, द्धृतिय उपाध्यक्ष सुनिता उप्रेती, तृतिय उपाध्यक्ष शुशिला पाठक लगायत सम्पूर्ण लायन्स क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
मेची टेक्नीकल टेड्रिङ एकेडेमीका संस्थापक अध्यक्ष दुर्गाप्रसाद उप्रेतीको जन्मदिनको उपलक्ष्यमा उपलब्ध गराइएको फलफुल वितरण गरेको लायन्स क्लब अफ विर्तामोड लेडीले जनाएको छ ।