नेपाल–भारत मैत्री संघ सुरुङ्गा उप शाखाको नवनिर्वाचित कार्यसमितिको सदस्यहरुको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
सुरुङ्गामा सोमबार प्राध्यापक तथा विश्लेषक डा. सुरेन्द्र के.सीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
अर्जुन बोहोराको अध्यक्षतामा १४ सदस्यीय कार्य समिति चुनिएको हो । समितिको उपाध्यक्षमा यदुनाथ अधिकारी, सचिवमा
गोमादेवी कार्की, कोषाध्यक्षमा श्यामकुमार पौडेल , सदस्यहरुमा कविता बस्नेत,सुभाष भण्डारी,रिता उप्रेती,सृजना उप्रेती,पुण्यप्रसाद बाराकोटी, इन्द्रहरी भट्टराई, धनञ्जय फुंयल, सिता ओली रिजाल, शिवशंकर महासेठ र शम्भुप्रसाद पोखरेल निर्वाचित भएका हुन् ।
उनीहरुलाई निर्वाचन समितिका संयोजक प्रेमप्रसाद चुंडालले सपथ गराएका थिए । कार्यक्रममा प्रमुख अतिथि विश्लेषक डा. सुरेन्द्र के.सी, समाजसेवी तथा स्वतन्त्र बुद्धिजिवी संघका संयोजक शेरबहादसर थापा लगायतले संघले नेपाल र भारत बीचको सम्बन्ध प्रगाढ बनाउन पुलको काम गरेको बताएका थिए ।
साथै उनीहरुले नेपाल र भारत बीच बिभिन्न समयमा देखिएका समस्याको समाधानका लागि पनि संघले काम गर्न सक्छ भन्ने विश्वास लिएका थिए ।
६ दशक अघि स्थापना भएको संघको प्रमुख उद्देश्य दुबै देश बीचको सम्बन्ध प्रगाढ बनाउनुका साथै सांस्कतिक, साहित्यीक, भाषिक कार्यक्रमको आदान प्रदान गर्नु भएको भन्दै उनीहरुले सोहि अनुसारलाई अगाडि बढाउन सुझाब दिएका थिए ।