सर्वोच्च अदालतले कमल थापा नेतृत्वको राप्रपा नेपाललाई तत्काल तीर चुनाव चिह्न नदिन अन्तरकालीन आदेश दिएको छ । आज न्यायाधीश सपना प्रधान मल्लको इजलासले अन्तरिम आदेशका लागि भदौ १४ गते राप्रपा नेपाल र निर्वाचन आयोग दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

त्यसपछि भदौ १४ अघिसम्म राप्रपा नेपाललाई तीर चुनाव चिह्न नदिन अन्तरकालीन आदेश दिएको हो । थापाले गाई चुनाव चिह्न पाउनुपर्ने माग गर्दै यसअघि पनि सर्वोच्च अदालतमा रिट दिएका थिए ।