बढ्दो सवारी दुर्घटना न्यूनिकरणकालागि चालकलाई ट्राफिक सचेतना प्रदान गरिएको छ ।  बिर्तामोड २ स्थित रामचोकमा रहेको सोनालिका ट्रयाक्टरको आधिकारिक बिक्रेता आध्याश्री ईन्टरनेशनलले दुर्घटना न्यूनिकरणमा सहयोग पु¥याउन भन्दै ट्याक्टरका चालकलाई सचेतना सहितको तालिम प्रदान गरेको हो । 

कार्यक्रमका प्रमुख अतिथि जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख अशोककुमार जवेगुले चालकले अपनाउनु पर्ने ट्राफिक नियमका बारेमा सहभागिलाई जानकारी गराएका थिए । क्षमता भन्दा बढी लोड बोक्दा , मापसे गरेर चलाउंदा तथा  तिब्र गतिका कारण ट्याक्टर दुर्घटनामा पर्ने गरेको अवगत गराउंदै  ट्राफिक प्रमुख राईले चालकलाई  त्यसो नर्गन आग्रह समेत गरेका थिए ।   


तालिममा  ५० जना  वढि ट्रयाक्टर चालकहरुलाई सहभागि थिए । साथै कार्यक्रममा ट्रयाक्टर उत्पादन कम्पनी र विशेषताको बारेमा कम्पनीका असिस्टेन सेल्स मेनेजर पप्पु शर्मा र ट्रयाक्टर परिचालन सम्बन्धी चालक क्षमता अभिवृद्धि सिनियर सर्भिस मेनेजर मकसुद अन्सारीले सहभागिलाई जानकारी गराएका थिए ।  


आध्याश्रीका सञ्चालक राजेन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा चौतित्यमाथि कम्पनीका  सह–सञ्चालक उज्जवल भट्टराईले प्रकाश पारेका थिए ।  

कार्यक्रममा आध्याश्रीका प्रबन्धक निर्देशक अनुशिल थापा, प्रवन्धक प्रकाश कोइरालालगायतको उपस्थिति  थियो  ।  कार्यक्रमको सञ्चालन मेची अञ्चल स्पेयर पार्टस् तथा सर्भिस इन्चार्ज सुदिप सुब्बाले गरेका थिए ।