झापा : निमार्ण व्यवसायी श्रीमती समाज उप–समिति झापा गठन गरिएको छ ।   समितिको अध्यक्षमा बिन्दिया बस्नेत सर्वसम्मत भएकी छन् । आज बुधबार निमार्ण व्यवसायी संघ झापाको सभाहलमा भएको कार्यक्रमले श्रीमती समाजको अध्यक्षमा बिन्दियालाई निर्विरोध चयन गरेको हो । 

बिन्दिया निमार्ण व्यवसायी संघ झापाका अध्यक्ष मिलन बस्नेतकी श्रीमती हुन् ।   संघका पदाधिकारी तथा सदस्यहरुको श्रीमतीलाई संगठित गर्ने उदेश्यले नयां समिति गठन गरिएको निमार्ण व्यवसायी संघका अध्यक्ष मिलन बस्नेतले जानकारी दिए । 

20220831_141929

समितिको उपाध्यक्षमाद्धय भुमा सिटौला र बिना अधिकारी, सचिव  हिमा  पौडेल, कोषाध्यक्ष शान्ति सापकोटा बराल चयन भएका छन् । 

त्यस्तै समितिको सदस्यहरुमा माया आर्चाय प्रसाई, कञ्चन भण्डारी निरौला, उमा पोखरेल उप्रेती, शन्तोषी खरेल, चन्दा सिंह, लिला भट्टराई, अन्जु उप्रेती बस्नेत, इन्दु कार्की बस्नेत चयन भएका छन् । 

त्यस्तै समितिको सल्लाहकारमा भूमिका पोखरेललाई चयन गरिएको निमार्ण व्यवासायी संघका महासचिव पुष्पराज निरौलाले जानकारी दिए । साथै उनले आवश्यकता आधारमा अन्य पदाधिकारी थपिंदै लगिने पनि बताए । 

संघका अध्यक्ष मिलन बस्नेत सहित अन्यले निर्वाचित पदाधिकारीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना ब्यक्त गरेका थिए । 

साथै संघले आज तीज बिशेष कार्यक्रमको समेत आयोजना गरेको छ । दिदि बहिनीहरुसंग सम्बन्ध प्रगाढ बनाउंदै तथा सहकार्य गर्दै अगाडि बढ्ने हेतुले यो पटकदेखि तीज मिलन कार्यक्रमको थालनी गरिएको संघले जनाएको छ । 

तीज मीलन कार्यक्रममा संघका पूर्व महासचिव ओम पौडेल, संघका अध्यक्ष मिलन बस्नेत, नव निर्वाचित श्रीमती समाजकी सचिव हेमा पौडेल लगायतले शुभकामना मनतब्य राखेको कार्यक्रमको सञ्चालन संघका महासचिव पुष्पराज निरौलाले गरेका थिए ।