नेपाल राष्ट्रिय धामी वैद्य संघले  झापाको बिर्तामोडमा  सम्मेलनको आयोजना गरेको  छ ।  धामी झाक्री संस्कृति तथा परम्परा सहित  शनिबार बिर्तामोड स्थित अतिथि सदनमा सम्मेलनको आयोजना गरिएको हो । 

११ बढी जातीका धामी तथा झाँक्री सहित  एकसय बढी धामी झाँक्रीहरु आ–आफ्नो धर्मसंस्कृति परम्परा अनुसारको भेषभुषा तथा  ढोल ड्याङ्ग्रासहित  सम्मेलनमा उपस्थित भएका थिए । 

20220903_114101

नेपाल प्रज्ञा प्रतिष्ठान उपकुलपति बरिष्ठ संस्कृतविद तथा डा. जगमान गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा डा. भक्त राईले धामी झांक्री परम्परा र विज्ञान, डा.माधवप्रसाद लामिछानेले धामी झांक्री परम्परासंग बौद्धिक र तान्त्रीक सिद्धान्तको अन्तर सम्बांद भोलानाथ बांस्तोलाले बली परम्परा पञ्चतत्व देवता र तन्त्रका बिषयमा प्रस्तुतिकरण राखेका थिए । 


साथै सम्मेलनकै अवसर पारेर नेपाली धामी–झाँक्री संस्कृति तथा परम्परागत उपचार पद्धति पुस्तकको  बिमोचन समेत गरिएको थियो ।  नेपाल राष्ट्रिय धामी वैद्य संघका अध्यक्ष सीताराम पुरीको अध्यक्षतामा भएको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृति बिद डा. भक्त राई, संस्थाका संरक्षक तथा जलकन्या शक्तिपिठका पीठाधीश प्रदीप पुरी, आदिबासी

जनजाती महासंघ झापा अध्यक्ष पाण्डपलाल चौधरी, नेपाल संस्कृत विश्वबिद्यालय तन्त्रबिद माधवप्रसाद लामिछाने लगायतको उपस्थिति रहेको बताइएको छ ।