बिर्तामोड : नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) झापा शाखाले नयां आजिवन सदस्यलाई स्वागत सहित अभिमुखिकरण तालिम प्रदान गरेको छ । 

शनिबार आज बिर्तामोडमा एक कार्यक्रमकाबिच सदस्यलाई स्वागत सहित अभिमुखिकरण प्रदान गरेको हो । 

नेल्टाका केन्द्रिय सदस्य तथा झापाका अध्यक्ष धर्मेन्द्र भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सहभागिलाई नेल्टाका उपाध्यक्ष केशव मैनालीले गरेका थिए । 

303391374_444700964298228_5002849600604611549_n

नेपाल शैक्षिक परामर्श संघ इक्यानका झापा अध्यक्ष मिलन ओली तथा रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका अध्यक्ष शुमनशर्मा जम्मरकट्टेलको बिशेष आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन नेल्टाका सचिव  टिका सुवेदीले गरेका थिए । 

अंग्रेजी शिक्षकको पेशागत दक्षता अभिबृद्धि गर्ने उदेश्यले २०७३ सालमा स्थापना भएको झापा शाखाले बिभिन्न कार्यक्रमहरु गर्दै आएको नेल्टा झापाका अध्यक्ष धर्मेन्द्र भट्टराईले जानकारी दिए । 

अंग्रेजी भाषाका शिक्षककालागि तालिम, सेमिनार तथा शैक्षिक सामाग्री संस्थाले प्रदान गर्दै आएको पनि उनले बताए । 

उनका अनुसार नेल्टाका १ सय ५० बढी सदस्य छन् । आज भएको कार्यक्रममा ४० जना भन्दा बढी नयां आजिवन सदस्यहरुको सहभागिता रहेको जनाइएको छ ।