सरकारले गणतन्त्र कोरियाबाट प्राप्त हुने आठ मिलियन अमेरिकी डलर साहयता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न आज काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले कोरियाको
रोजगारीबाट फर्किएका श्रमिकहरूको स्थिर पुनः एकीकरण सम्बन्धी आयोजना सञ्चालनका लागि गणतन्त्र कोरियाबाट प्राप्त हुने सहायता स्वीकार गर्ने निर्णय गरेको जानकारी दिए ।
सरकारले नेपाल भारत वाणिज्य सचिवस्तरीय अन्तरसरकारी समिति र सहसचिव स्तरीय अन्तरसरकारी उससमितिको बैठकका लागि वार्ता टोली गठन गर्ने निर्णय पनि गरेको छ ।
मन्त्रीपरिषद्ले भारतीय विदेश सचिवको निमन्त्रणमा परराष्ट्र सचिव भरतराज पौडेलको नेतृत्वको प्रतिनिधि मण्डललाई २८ देखि २९ भदौसम्म भारत भ्रमणका लागि स्वीकृत दिएको छ । बैठकले स्पेन सरकारबाट अम्बिका श्रेष्ठ, अर्चना श्रेष्ठ , संगिता श्रेष्ठ, वसन्तकुमार चौधरी र प्रविण कुमार प्रधानलाई प्रदान गरिने पदक ग्रहण गर्न स्वीकृति दिएको छ ।
बैठकले फ्याक्ट इन्टरपोल राउन्ड टेबलमा इन्गेजमेन्ट कार्यक्रममा भाग लिन जान मन्त्रिपरिषद् कार्यलयका सचिवलाई स्वीकृति प्रदान गरेको छ । गर्भनर महाप्रसाद अधिकारीको जोर्डन भ्रमण पनि सरकारले स्वीकृत गरेको छ ।
सप्तरी जिल्ला हाल राजविराज नगरपालिका १३ वडा स्थित सरकारी जग्गा मधेस कृषि विश्वविद्यालय सप्तरीलाई लिजमा उपलब्ब गराउन स्वीकृत दिने निर्णय पनि गरेको छ । बैठकले राष्ट्रिय खेलकुद नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको छ ।