बिर्तामोड : भिभोले नेपाली बजारमा ‘भी’ सिरिजअन्तर्गत आफ्नो नयाँ स्मार्टफोन ‘भी२५ सिरिज’ को बिक्री आजबाट सुरू गरेको छ । 

यहि क्रममा झापाको बिर्तामोड स्थित हनुमान सेन्ट्रलको चौंथो तलामा रहेको भिभो मोवाइलको मेची अञ्चलको लागि आधिकारीक बिक्रेता फिल नेपाल मल्टि ट्रेड कन्सन प्रा.लि.ले पनि ‘भी’ सिरिजअन्तर्गतको  ‘भी२५’ र ‘भी२५ई’ स्मार्टफोन सार्वजनिक गरेको छ । 

एक संक्षिप्त कार्यक्रमकाबिच फिल नेपालका सञ्चालकद्धय हिमाल प्रसाई ,  खगेन्द्र नेपाल र बजार प्रतिनिधि निरज सिटौला लगायतले नयां फिचर सहितको फोन सार्वजनिक गरेका हुन् । 

सञ्चालक हिमाल प्रसाईका अनुसार दुवै स्मार्टफोनमा रंग परिर्वतन हुने ग्लास प्रविधि छ, जसले गर्दा स्मार्टफोन प्रत्यक्ष सूर्यको प्रकाशमा पर्दा रङ परिवर्तन हुन्छ ।

 साथै, दवै स्मार्टफोनमा ‘फ्लोराइट एजी ग्लास’ प्रयोग गरिएको छ, अर्का सञ्चालक खगेन्द्र नेपाल भन्छन्,जसले फोनलाई अझ बढी आकर्षक बनाएको छ । 

यस्तो छ भिभो ‘भी२५’ र ‘भी२५ई’ स्मार्टफोन

यी दुवै फोनमा ६४ मेगापिक्सेलको ओआईएस (अप्टिकल इमेज स्टेबलाइजेसन) अल्ट्रा सेन्सिङ रियर क्यामेरा रहेको छ ।

भी २५ फाइभजीमा ५० एमपी अटो फोकस पोर्ट्रेट फ्रन्ट क्यामेरा रहेको छ, जसले उत्कृष्ट सेल्फी अनुभव प्रदान गर्ने दाबी कम्पनीको छ । साथै, भी२५ई मा ३२ एमपी फ्रन्ट क्यामेरा दिइएको छ ।

भी२५ फाइभजीमा मिडियाटेक डाइमेन्सिटी ९०० प्रोसेसर प्रयोग गरिएको छ भने भी२५ई मा मिडिया टेक हेलियो जी९९ प्रोसेसर राखिएको छ ।

यी दुवै फोनमा ४५०० एमएएच ब्याट्री दिइएको छ । ४४ वाट फ्ल्याश चार्जर युक्त यी फोन ८ जीबी ¥याम तथा १२८ जीबी रोम भेरियन्टमा उपलब्ध हुनेछन् । 

“भिभोले फोटोग्राफी केन्द्रित ब्रान्डको रूपमा आफूलाई स्थापित गर्दै आएको छ,’ भिभो का बजार प्रतिनिधि निरज सिटौलाले भने, ‘भी२५ सिरिजले प्रयोगकर्तालाई अत्याधुनिक क्यामेरा र इमेजिङ प्रविधि प्रदान गर्नेछ । 

दुवै स्मार्टफोन, भी२५ फाइभजी र भी२५ईमा सेग्मेन्टकै उत्कृष्ट विशेषता रहेका छन् ।”

कम्पनीका अनुसार भी२५ फाइभजी अक्वामेरिन ब्लु र डाइमण्ड ब्ल्याक गरी दुई फरक कलर भेरियन्टमा उपलब्ध हुनेछ । जसको बजार मूल्य ५२ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

त्यस्तै भिभो भी २५ ईको मूल्य ४२ हजार ९९९ रुपैयाँ राखिएको छ । यो फोन सनराइज गोल्ड र डायमण्ड ब्ल्याक गरी दुई कलर भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।