काठमाण्डौं : झापाको झापा गाउंपालिका ३  रंगपुरका  युवा कृषक चन्द्र बस्नेत ‘यूथ एग्री अवार्ड २०२२’ बाट पुरस्कृत भएका छन् ।  बिहिबार काठमाण्डौं स्थित होटल एभेरेष्टमा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपालस्थित इजरायली

राजदूताबासको सयुक्त आयोजनामा भएको कार्यक्रममा झापाका बस्नेतलाई यूथ एग्री अवार्ड २०७९ वितरण गरिएको हो । उनलाई प्रदेश १ बाट  १ लाख रुपैंया नगद सहित उक्त अवार्ड प्रदान गरिएको हो । 

साथै प्रदेश १ बाट बस्नेत सहित मधेश प्रदेशबाट सन्तोषकुमार यादव, बागमतिबाट युद्ध न्यौपाने, गण्डकीबाट शिवकुमार आले, लुम्बिनीबाट सृजना थारु, कर्णालीबाट दीपेन्द्र कार्की र सुदुरपश्चिमबाट विमल भण्डारी पुरस्कृत भएका छन् । 

उनीहरुलाई  कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र कुमारसिंह यादव, नेपालस्थित इजरायली राजदूत एचई हनथ गोडर गोल्डबेरजर्र , साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष ख्याम पाठक र कार्यकारी प्रमुख शिवप्रसाद कोइरालाले पुरस्कृत बस्नेत सहित अन्यलाई दोसल्ला ओढाएर नगद तथा सम्मानपत्रद्धारा सम्मान गरेका थिए । 

प्रत्यक प्रदेशबाट ३–३ जना नोमिनेशन गरिएको थियो ।  जसमध्य एक–एक जनालाइ उत्कृष्ट घोषणाागरि एक लाखको दरले पुरस्कार दिइएको हो ।  

पुरस्कृतहरु इजरायल रिटर्नीहरुमध्येबाट छनोट गरिएका कृषक हुन् । सम्मानित तथा पुरस्कृत बस्नेत व्यवसायीक रुपमा केहि बर्षदेखि केरा खेती गर्दै आएका छन् ।