माइधाम : श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिति नेपाल प्रदेश न. १ जिल्ला कार्य समिति झापाको प्रथम बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

आज शनिबार श्रीकृष्ण प्रणामी मन्दिर माइधामको प्राङ्गणमा जिल्ला अध्यक्ष मिरा अधिकारी ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला कोषाध्यक्ष कल्पना वाग्ले तिमसिनाले स्वागत गरेकी थिइन् ।
बाइजुराज अध्यक्ष मिरा अधिकारी ओलीद्वारा बार्षिक प्रतिवेदन र आर्थिक बिवरण पस्तुत गरिएको कार्यक्रमको सञ्चालन जिल्ला सचिव मेनुका देवी सिटौला गरेकी थिइन् ।

_1736908732.jpg)
बाइजुराज महिला समिति नेपालकी उपाध्यक्ष बिन्दु घिमिरेको प्रमुख आतित्थ्यमा मा भएको कार्यक्रममा अनन्त बिभुषित जगतगुरु १०८ कृष्णमणी महाराजज्यू बाट आशिर्वादको रुपमा १०८ पदवी बाट बिभुषित हुनु भएका श्री राधाकृष्ण प्रणामी मन्दिर, गोपीधाम धरानका गादीपति श्री १०८ जगतनन्दन महाराजलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा सम्मानित महाराजको आशिरवचन समेत रहेको थियो ।
कार्यक्रमका विशिष्ट अतिथी क्रमस प्रदेश न.१ संयोजक गङ्गा घिमिरे, सत्सङ्ग सेवा परिषद झापाका अध्यक्ष मिलन कुमार बस्ने तथा अतिथिहरु युवा परिषद नेपालका केन्द्रीय सदस्य मदन अधिकारी , युवा परिषद झापाका अध्यक्ष टहलदास ओली र सिक्किम राज्य बाट पाल्नु हुने बाइजुराज अध्यक्ष रेनुका क्षेत्रीले शुभकामना मन्तब्य राखेका थिए ।
साथै कार्यक्रममा कन्काई नगरपालिकाका र वार्ड न. ४ सहित झापा जिल्ला अन्तरर्गतका सवै पालिका तथा वडामा निर्वाचित भएका प्रणामी धर्ममा आवद्ध जनप्रतिनिधिहरु समेतलाई सम्मान गरिएको थियो ।
कन्काई नगरपालिकाका प्रमुख राजेन्द्र पोख्रेल, उपप्रमुख आशा शर्मा शिवाकोटी, कन्काई नगरपालिका वडा न. ४ का वडाअध्यक्ष रोशन सुवेदी सदस्यहरु मन्दिरा बिक, लक्ष्मी कटुवाल, मोहन संग्रौला, शेष प्रसाद प्रसाई, शिवसताक्षी नगरपालिका वार्ड न. ४ का वडाअध्यक्ष बिष्णु प्रसाईं, भद्रपुर नगपालिकाका वडा–९ का वडाअध्यक्ष राम प्रसाद दाहाल, दमक नगरपालिका वडा न.९ का वडा
अध्यक्ष कुबेर भट्टराई, झापा गाऊँपालिका वार्ड न. ६ का वडाअध्यक्ष नवीन किसोर थापा र सदस्य फणिन्द्र प्रसाद खरेल, झापा गाउपालिका–७ का सदस्य बाल्कृष्ण सिटौला , कन्काई नगरपालिका वार्ड न. ८ का वडा अध्यक्ष लिला कटुबाल , कचनकवल गाउँपालिका वडा न.२ की सदस्य मनमाया भट्टराई लगायताई सम्मान गरिएको थियो ।
कार्यक्रममा सम्पुर्ण जन प्रतिनिधिहरुको प्रतिनिधित्व गर्दै कन्काई नगरका नगरप्रमुख राजेन्द्र पोख्रेल र झापा गाउपालिका–७ का सदस्य बालकृष्ण सिटौलाले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा माइधाम मन्दिर अध्यक्ष भक्ती संग्रौला , माइधाम इकाई बाइजुराज अध्यक्ष इन्दिरा आचार्य मैनाली, युवा परिषद झापाका पुर्व अध्यक्ष समाजका संयोजक युवराज संग्रौला , बाइजुराज केन्द्रीय सदस्यहरु रिता निरौला र अस्मिता खनाल ,छिमेकी
जिल्लाका अध्यक्ष हरु,प्रदेश न. १ सदस्य तथा झापाकि सल्लाहकार प्रेम कुमारी भट्टराई लगायत प्रदेश नं.१ का विभिन्न सदस्यहरु र अन्य सल्लाहकारहरु ,युवा परिषद झापाका उपाध्यक्ष सुरज सपकोटा , बिर्तामोड प्रा.स. अध्यक्ष दिनोज बजगाई र झापा जिल्ला अन्तर्गतका सवै इकाईहरु बाट अध्यक्ष र प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।